images
images
  • मृत भेटिएका सेनाका मेजर पण्डितको शव काठमाडौं ल्याइयो

    काठमाडाैं- डोल्पाको सदरमुकाम दुनैस्थित नेपाली सेनाकाे नन्दबक्स गणअन्तर्गत रहेको गुल्मका गुल्मपति सेनानी (मेजर) विमल पण्डितको शव काठमाडौं ल्याइएको छ ।

    भदौ १० गतेदेखि सम्पर्कविहीन भएका काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका डाँछीका ३८ वर्षीय पण्डितको शव १६ दिनपछि मंगबार भेरी नदीमा फेला परेको थियो । पण्डितको शव बुधबार दिउँसो नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो ।

    भदौ १० गते अपराह्न साढे ४ बजे इभिनिङ वाकुका लागि आफ्ना सुरक्षा गार्डलाई समेत निलिई हिँडेका मेजर पण्डितको शव मंगलबार डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ करवगाडस्थित चिन्डेबगरनजिक भेरी नदीको किनारमा फेला परेको थियो । मेजर पण्डितको मृत्युको कारण भने खुलेको छैन ।

    भेरीमा माछा मार्न जाल खेल्दै जाने क्रममा मंगलबार बिहान एक स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images