images
images
  • बलात्कार मुद्दामा ‘सिद्धबाबा’ले पाए सफाइ

    काठमाडौं- ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरीलाई जिल्ला अदालत सुनसरीले बलात्कार मुद्दामा सफाइ दिएको छ । आफ्नै अनुयायीमाथि बलात्कार गरेको अभियोग लागेका सिद्धबाबालाई न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले अभियोगमा दाबी नपुग्ने भन्दै सफाइ दिएकाे हाे।

    यसअघि उच्च अदालतले उक्त मुद्दाकाे फैसला पुनर्विचार गर्न भनी जिल्लामै फर्काएको थियो। दोस्रो पटक आएको साेही मुद्दालाई जिल्लाले सफाइ दिएको हो। बुधबार जिल्ला अदालतले मागदाबी नपुग्ने भन्दै आरोप सफाइ दिएपछि सरकारी पक्षले उच्च अदालतका पुन: निवेदन दिने बताएको छ।

    सुनसरीको चतराधामस्थित आश्रममा आफ्नै अनुयायीलाई  ४ कात्तिक ०७६ मा बलात्कार गरेको आरोप कृष्णदासमाथि लागेको थियो। सोही मुद्दाको सुनुवाइ गर्दै अदालतले निवेदकको दाबी नपुग्ने र गिरीलाई आरोपबाट सफाइ दिने फैसला सुनाएको हो। १० पुस ०७६ मा सिद्धबाबाविरुद्ध प्रहरीले बलात्कार अभियोगमा सुनसरी अदालतमा मुद्दा दर्ता गराएको थियो।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images