images
images
  • सहकारी ठगीमा फरार जीबी राईका साझेदार कुमार रम्तेल पक्राउ

    काठमाडौ- सहकारी ठगीलगायत विभिन्न आरोपमा पक्राउ पुर्जी जारी भएको ग्यालेक्सी फोके टेलिभिजनका मालिक गितेन्द्रबाबु (जीबी) राईका साझेदार कुमार रम्तेल पक्राउ परेका छन् । उच्च स्रोतका अनुसार उपत्यका अपराध अनुसन्धान महाशाखाले रम्तेललाई काठमाडौँबाट आज पक्राउ गरेको हो ।

    राई ग्यालेक्सी फोर के टिभीका मालिक, सञ्चालक र रम्तेल त्यसैमा संलग्न व्यक्ती हुन । रम्तेलले सहकारीको कोषाध्यक्षमा ग्यालेक्सी टिभीकै संचालक हुँ भन्दै परिचय दिने गरेको उच्च स्रोतले बतायो ।

    उनी गोर्खा ग्रुप अफ कम्पनीका अध्यक्ष समेत हुन् । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट सुरुवात गरेको राई, रम्तेल र उनको समूहले सातवटा सहकारी सञ्चालन गरिरहेको छ । उनको समूहले सहकारीका बचतकर्ताको १६ अर्बभन्दा बढी रकम दुरुपयोग गर्दै नेटवर्किङ व्यवसाय चलाएको पाएपछि उनीहरुविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।

    लामो समयको निगरानीपछि रम्तेललाई पक्राउ गरिएको स्रोतको भनाई छ । यद्यपी राई अहिलेसम्म पक्राउ परेका छैनन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images