images
images
  • नर्सिङ काउन्सिल लाइसेन्स: ४५ जनाको नतिजा रद्द, ९ जनाले तीन वर्षसम्म परीक्षा दिन नपाउने (सूचीसहित)

    काठमाडौं- नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षामा प्रश्नपत्र आउट गरेको घटनामा ५४ जना परीक्षार्थी कारबाहीमा परेका छन् ।

    प्रहरी अनुसन्धानबाट कसुरदार ठहरिएका ती विद्यार्थीलाई काउन्सिलको भदौ १७ गतेको बैठकले कारबाहीको निर्णय गरेको हो ।

    कारबाहीको दायरामा परेका ५७ जनामध्ये ९ जनालाई तीन वर्षसम्म लाइसेन्स परीक्षामा सामेल हुन नपाउनेगरी कारबाही गरिएको हो ।

    उनीहरूविरुद्ध तीन पुस्ते खुलाई थप अभियोगपत्र दायर गर्ने तयारी भएको काउन्सिल श्रोतले बताएको छ ।

    तीन वर्षे कारबाहीमा पर्नेमा परीक्षार्थीहरू प्रियंका गुरुङ र सुस्मिता थापा थपिएका छन् । यसअघि काउन्सिलले सात जनालाई सोही प्रकृतिको कारबाही गरेको थियो ।

    त्यस्तै, नतिजा स्थगित गरिएकामध्ये तीनजनाको कसुर प्रमाणित नभएपछि नतिजा प्रकाशित गरिने भएको छ । नतिजा फुकुवा हुनेमा बन्दना केसी, अस्मिता राना र विशेस्था रानाभाट छन् ।

    उनीहरूले ग्रुपमा आएको प्रश्नपत्र हेरेपनि परीक्षा अवधिको समयमा नखोलेको देखिएपछि नतिजा फुकुवा गरिएको श्रोतले बतायो ।

    असार २३ गतेको लाइसेन्स परीक्षा चलिरहेका बेला अल ब्राइट इन्स्टिच्युटको म्यासेन्जर ग्रुपमा प्रश्नपत्र पठाइएको र सो म्यासेज केही समयमै ४०० भन्दा बढी व्यक्तिले ‘सिन’ गरेको पाइएको थियो ।

    सोही दिन बालाजुस्थित सिद्धार्थ वनस्थली इन्स्टिच्युट, ललितपुरस्थित लिटिल एन्जल्स स्कुल र वाग्मती कलेज काठमाडौं केन्द्रबाट प्रश्नपत्र बाहिरिएको थियो ।

    सो दिनको परीक्षा नतिजा काउन्सिलले एक महिना स्थगित गरी सार्वजनिक गरेको थियो । परीक्षामा ६ हजार १० परीक्षार्थी सहभागी थिए ।

    सूची : 

    https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2023/09/Nursing-councling-.pdf

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images