काठमाडौं- काठमाडौं महानगरपालिकाले शुक्रबार शोक बिदा दिएको छ । काठमाडौं–१६ का वडाध्यक्ष मुकुद रिजालको निधनमा महानगरले आज शोक बिदा दिएको हो।
उनको उपचारको क्रममा बिहिवार निधन भएको थियो।
उच्च ज्वरो र निमोनियाँ देखिए पछि रिजाललाई अस्पताल लगिएको थियो । ५ दिनको उपचार अवधि मध्ये २ दिन आइसियु र २ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो तर हिजो बिहान उनको निधन भएको हो ।
नेपाली कांग्रेसको काठमाडौं–७ का क्षेत्रीय सभापतिसमेत रहेका रिजालको हिजा नै पशुपति आर्यघाट अन्तिम संस्कार गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्






















