काठमाडौं- सन्दीप लामिछानेविरुद्ध परेको बलात्कार मुद्दामा अदालतले पीडितको जन्मदर्तासम्बन्धी थप कागजात झिकाउन आदेश दिएको छ।
बिहीबार न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित गौशाला २६ को जन्मदर्तासम्बन्धी थप कागजात झिकाउन आदेश दिएको हो।
सन्दीपका वकिल सरोज घिमिरेले पनि बसाइँ सरी गएको डकुमेन्टमा पीडितको यकिन जन्ममिति हुनसक्ने त्यो कागजात मगाउन माग गरेका थिए।
उनी नावालिग रहेको वा नरहेको भन्ने प्रश्नको निरुपणका लागि अदालतले यसभन्दा अगाडि पनि जन्मदार्ता प्रमाणीकरण गराउन आदेश दिएको थियो । यसअघि प्रमाणीकरण भएको भएपनि अदालतले पुनः प्रमाणीकरणको आदेश दिएको छ।
प्रतिक्रिया दिनुहोस्























