images
images
  • नर्सिङ शिक्षाबारे सीटीईभीटी र आयोगबीचको विवाद संसदीय समितिमा

    काठमाडौं-  नर्सिङ कलेज सञ्चालनका सम्बन्धमा चिकित्सा शिक्षा आयोग र सीटीईभीटीबीचको विवादमा संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल भएको छ ।

    समितिले दुवै पक्षलाई राखेर नर्सिङ शिक्षामा पछिल्लोपटक देखिएको समस्या समाधानका लागि छलफल गराइरहेको छ ।

    छलफलका क्रममा नर्सिङ कलेज सञ्चालकहरूले आयोगको मापदण्डका कारण ठूलो संख्यामा नेपाली नर्सिङ कलेजहरु बन्द भएको र विद्यार्थी भारतका कलेजमा पढ्न पुगेको बताए ।

    पछिल्लो दुई वर्षको अवधिमा बन्द रहेका नर्सिङ कलेज सञ्चालन गर्न पटकपटक पहल गरिए पनि आयोग लचिलो नहुँदा समस्या झनै थपिएको सीटीईभीटीका उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीको भनाइ छ ।

    समितिमा छलफल जारी छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images