काठमाडौं- नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ ।
बुधबार दिउँसो भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी भएका यादवमाथि एक समूहले खुकुरी प्रहार गरेको हो।
खुकुरी प्रहारबाट यादव घाइते भएका छन्। यादवलाई अस्पताल लगिएको छ ।
यादवलाई अहिले ट्रमा सेन्टरमा पुर्याईएको छ । उनीमाथि नुवाकोटका श्याम सापकोटाले खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहार गर्ने सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्






















