काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई पुत्रीलाभ भएको छ । मेयर शाहकी पत्नी सविना काफ्लेले छोरीलाई जन्म दिएकी हुन् ।
बालेन र सविनाबीच २०७४ साल फागुनमा विवाह भएको थियो । शनिबार मात्र मेयर शाहले श्रीमती सवार गाडीलाई ट्राफिक प्रहरीले रोकेको विषयमा सिंहदरबारमा आगो लगाइदिने भन्दै सामाजिक सञ्जालमार्फत विवादास्पद अभिव्यक्ति दिएका थिए ।
सुत्केरी ब्यथाले च्यापेपछि शनिबार राति ९ बजे ईमर्जेन्सी श्रीमतीलाई हस्पिटल लगेको गाडी ट्राफिकले रोकेर केरकार गरे तथा ड्राईभरले सबै कुरा बताउदा पनि नछोडेर अनावश्यक दुख दिएपछि बालेन शाह आक्रोशित भएको जनाईएको छ ।
उनको अभिव्यक्तिलाई लिएर अहिले सामाजिक सञ्जालमा टिकाटिप्पणी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्






















