काठमाडाैं – दोलखाबाट काठमाडौं आउँदै गरेको स्कारपियो दुर्घटनामा परेकाे छ।
दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने ६ गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार दुर्घटनामा चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोक घर भएका बलबहादुर खत्रीको मृत्यु भएको हो। घाइतेहरुको पहिचान खुलेको छैन्।
बा १५ च ९३७० नम्बरको स्कारपियो गाडी लामोसाँघु जिरी सडक खण्डको ५ किलो नजिकै राती २ बजे दुर्घटना भएको थियो।
उक्त गाडी एमबी दुगड हाइड्रोको रहेकाे जनाइएकाे छ।
सडकबाट करिब ३ सय मिटर तल सडकमा गाडी खसेपछि राति स्थानीयले उद्धार गरेका थिए। प्रहरीका अनुसार दुर्घटनामा घाइतेहरूको उपचारको लागि धुलिखेल अस्पतालमा पठाइएको छ।
प्रतिक्रिया दिनुहोस्






















