images
images
  • पाँच दिन बित्दा पनि अझै भेटिएनन् सेनाका मेजर पण्डित

    डोल्पा- डोल्पाको दुनैस्थित नन्द बक्स ब्यारेकमा कार्यरत ३८ वर्षीय मेजर बिमल पण्डित अझै सम्पर्कमा आएका छैनन्। सदरमुकाम दुनैबाट सम्पर्कविहीन भएको पाँचौ दिन बितिसक्दा पनि उनी सम्पर्कमा आएका छैनन्।

    १० भदौमा इभिनिङ् वाकमा गार्डसमेत नलिइ ब्यारेकबाट निस्केका मेजर सोही दिनदेखि सम्पर्कविहीन छन्। सोही दिनदेखि नै ब्यापक खोजी कार्य गर्दा पनि कुनै टुंगो नलागेको प्रमुख जिल्ला अधिकारी भुमिश्चर पोख्रेलले बताए। अहिले डोल्पा, रुकुम, जाजरकोट र जुम्लामा उनको खोजि भइरहेको पोख्रेलको भनाइ छ।

    ‘नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारीहरु परिचालन गरिएको छ। रातदिन नभनी डोल्पाका प्रत्येक घरघर, खोला खाल्सा सबैमा सुरक्षाकर्मी पुगेका छन्। तर पनि पत्ता लाग्न सकेको छैन,’ पोख्रेलले भने।

    ‘काठमाडौं कागेश्वरी नगरपालिका डाछि घर भएका मेजर पण्डितले हराएकै दिनमा त्रिपुरासुन्दरी नगरपालिकालामा पर्ने त्रिपुराकोट पुगेर नगद २६ हजार साटेका रहेछन्। झोला पनि किनेछन्, त्रिपुराकोटमै मोवाइल चार्ज गरेको र त्यसपछि एक होटेलमा पुगेर कोठा छ छैन सोधेको कुरा पनि अनुसन्धानबाट खुलेको छ,’ उनले थपे।

    यि सबै कुरा नियाल्दा मेजरले सुसाइड गरेको हुन नसक्ने प्रजिअ पोख्रेलको दाबी छ। एउटा जिल्लाका सुरक्षा निकायको प्रमुख हराउँदा समग्र जिल्ला नै दुखि भएको र अन्तिम अवस्थासम्म खोजीकार्य जारी राख्ने उनले बताए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images