images
images
  • आज काठमाडौं महानगरभित्र सार्वजनिक विदा !

    काठमाडौं-काठमाडौं महानगरपालिका क्षेत्रभित्र आज (शुक्रबार) सार्वजनिक हुने भएको छ।

    काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै सापारु र रोपाइँ जात्रालाई लक्षित गरी शुक्रबार आज (१५ भदौ) बिदा दिने निर्णय गरिएको जनाएको छ।

    काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले जारी गरेको सूचनामा भोलि शुक्रबार सापारु र रोपाइँ जात्रासमेत मनाउने प्रचलन अनुसार उक्त परंपरालाई निरन्तरता दिई महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न भदौ १५ गते महानगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख छ।Balen shah

    रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्वको अवसरमा विहिवार सरकारले देशभर सार्वजनिक बिदा दिएको थियाे। 

    प्रतिक्रिया दिनुहोस्
    images
    images