images
images
  • अब ह्याम्स अस्पतालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने

    काठमाडौं- ह्याम्स अस्पतालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निःशुल्क स्वास्थ्य सेवा वितरण गर्ने भएको छ । बुधवार अस्पताल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयबीच भएको सम्झौता अनुसार ह्याम्सले निःशुल्क स्वास्थ्य सेवा वितरण गर्ने भएको हो ।

    सम्झौता अनुसार अस्पतालले उच्चस्तरीय क्लिनिक स्थापना गरी विमानस्थल सञ्चालनका क्रममा यात्रु तथा कर्मचारीलाई जुनसुकै समयमा आईपर्ने आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्नेछ । यसका लागि अस्पताललाई नागरिक उड्डयन कार्यालयले निःशुल्क स्थान उपलब्ध गराउने भएको छ ।

    सो अन्तर्गत अस्पतालले इमर्जेन्सी क्लिनिकमार्फत चौबीसै घण्टा सेवा प्रदान गर्ने ह्याम्सका अध्यक्ष आर. एस भण्डारीले जानकारी दिए । एक चिकित्सक र एक नर्स वा पारामेडिक्सद्वारा पुनरुत्थान ब्याकअप सहित प्रवाह गरिने इमर्जेन्सी सेवापछि थप उपचार आवश्यक परे बिरामीलाई ह्याम्सले अस्पतालसम्म निःशुल्क एम्बुलेन्स सेवाको समेत व्यवस्था गरिदिने अध्यक्ष भण्डारीले बताए । अस्पतालको सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सेवा प्रदान गर्न लागेको उनको भनाई छ ।

    ३ वर्षका लागि गरिएको उक्त सम्झौतापत्रमा अस्पतालको तर्फबाट हवाई यात्रु तथा विमानस्थल कर्मचारीका लागि स्वास्थ्य जाँच, प्राथमिक स्वास्थ्य उपचार, आपतकालीन सेवा अन्तर्गत अचानक हृदयघात हुँदाको अवस्थामा दक्ष स्वास्थ्यकर्मी द्वारा यात्रु तथा कर्मचारीलाई थप सहज हुने उल्लेख छ ।

    यस्तै जहाज दुर्घटना हुँदाको अवस्थामा उद्वारमा तत्काल उपस्थिति र स्वास्थ्य शिविर लगायतको व्यवस्थाले यात्रु तथा कर्मचारीहरूलाई थप सुविधा प्राप्त हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

    सम्झौता पत्रमा ह्याम्स अस्पतालको तर्फबाट वरिष्ठ निर्देशक सची रेग्मी र विमानस्थलको तर्फबाट कर्पोरेट महाशाखा प्रमुख नारायणी देवी श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images