images
images
  • एसिसी प्रिमियर कप : फाइनल खेलमा आसिफको शतक, नेपाल बलियो स्थितिमा

    काठमाडौं- एसिसी प्रिमियर कप एकदिवसीय अन्तरराष्ट्रिय प्रतियोगिताको फाइनल खेलमा युनाइटेडट अरब इमिरेट्स (युएई)विरुद्ध नेपाली ओपनिङ ब्याटर आसिफ शेखले शतक पूरा गरेका छन् ।

    मलेसियाको क्वालालाम्पुरस्थित बायुमास ओभलमा जारी खेलमा उनले १०३ बलमा ८ चौका र ४ छक्कासहित शतक पूरा गरेका हुन् ।

    एकदिवसीय अन्तरराष्ट्रियमा आसिफको यो दोस्रो शतक हो ।

    उनको सानदार ब्याटिङको मद्दतमा नेपालले आज उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

    टस जितेर ब्याटिङ रोजेको नेपालले ३४ ओभरको खेल सकिँदा २ विकेट गुमाएर १८५ रन बनाएको छ ।

    नेपालले फाइनलमा देव खनाल र शेर मल्ललाई विश्राम दिएर अर्जुन कुमाल र सन्दीप जोरालाई मौका दिएको हो ।

    जारी प्रतियोगितामा जोराले पहिलोपटक अवसर पाएका हुन् ।

    आजको खेल जित्ने टोलीले अर्को वर्ष आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ ।

    नेपाल र युएई दोस्रोपटक एसिसी प्रिमियर कपको उपाधि जित्ने लक्ष्यमा छन् ।

    नेपाल सन् २०२३ र युएई २०२४ को संस्करणको विजेता टोली हुन् ।

    एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा हालसम्म नेपाल र युएईले १९ खेलमा एकअर्काको सामना गरेका छन् ।

    जसमा नेपालले ११ र युएईले आठ खेलमा जित निकालेको विगत छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images