images
images
  • काठमाडौंका यी सडकमा आज र भोलि सवारीसाधन चलाउन रोक

    काठमाडौं – काठमाडौं महानगरपालिकाले आज र भोलि काठमाडौंका विभिन्न क्षेत्रमा सवारी आवगमन रोक लगाउने भएको छ ।

    महानगरपालिकाले बिहीबार (आज) गाईजात्रा र शुक्रबार (भोलि) गुँलागा दुतिया मनाउने भएकाले काठमाडौंका विभिन्न सडकमा सवारी साधन निषेध गरिने भएको जनाएको छ ।

    एक सार्वजनिक सूचना जारी गर्दै महानगरपालिकाले –केलटोल–इन्द्रचोक मखन–जैशिदेवल ज्याबहाल–लगन चोक–हनुमानढोका दरबार परिसर–गोफल–ब्रम्हटोल–गोफल ब्रम्हटोल–मरू टोललगायत विभिन्न सडकमार्गमा सवारी साधन प्रवेश गर्न नदिने जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images