images
images
  • डोल्पाका ब्यारेकबाट मेजर बेपत्ता, खोजीका लागि डीएसपी नेतृत्वको टोली खटियो

    काठमाडौं- नेपाली सेनाका एकजना गुल्मपति बेपत्ता भएका छन् । डोल्पाको सदरमुकाम दुनैस्थित नन्द बक्स गुल्मका इञ्चार्ज विमल पण्डित हिजोदेखि सम्पर्कबिहीन भएका हुन् ।

    आइतबार अपराह्न साढे ४ बजे इभिइनिङ वाकका लागि उनी ब्यारेकबाट निस्किएका थिए । आफ्ना सुरक्षा गार्डलाई समेत ’तँ नआइज,आज म एक्लै जान्छु’ भनेर फर्काएका पण्डित झण्डै २४ घण्टासम्म बेखबर भएको घटनाले आशंका उब्जाएको त्यहाँका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलले बताए ।
    ‘त्रिपुरातिर जान्छु भनेर व्यारेकबाट निस्किनु भएको रहेछ। अहिलेसम्म उहाँ ब्यारेकमा फर्किनु भएको छैन’, पोखरेलले भने, ‘पीएसओसमेत नलिई बाहिर निस्किनु भएकाले सम्पर्क हुन सकेको छैन।’

    पण्डित हराएको पुष्टि गरेका डोल्पाका सिडियो भुमिश्वर पोखरेलले खोजविन भैरहेको जानकारी दिएका छन् । आज बिहानसम्म त्रिपुरातर्फ गएको भन्ने जानकारी प्राप्त भएको र खोजी कार्य त्यतै केन्द्रित गरिएको उनले बताए ।

    तीन वटै प्रहरी संगठनले डिएसपीको नेतृत्वमा पण्डितको खोजी गरिरहेको छ । तर, टेलिफोन नेटवर्कको समयले गर्दा केही कठिनाइ भएको सिडियो पोखरेलले जानकारी दिए ।

    ‘मेजर पण्डितको खोजीका लागि हामीले डीएसपीको नेतृत्वमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली परिचालन गरेका छौँ’, उनले भने, ‘अहिलेसम्म उहाँ भेटिनु भएको छैन। त्रिपुरातिर गएको भन्ने सूचनाका आधारमा खोजी भइरहेको छ।’
    मेजर पोखरेल ब्यारेकबाट निस्किएर नफर्किएको २४ घण्टा हुन लाग्दा पनि सम्पर्कमा नआएपछि अनेक आशंकाको अवस्था उत्पन्न भएको पोखरेलले बताए।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images