images
images
  • काठमाडौँ महानगरद्वारा एक कम्पनीलाई डेढ लाख जरिवाना

    काठमाडौ । काठमाडौँ महानगरपालिकाले एक वितरक कम्पनीलाई एक लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ । अखाद्य पदार्थ बिक्री गरेको आरोपमा कालिञ्चोक ट्रेडिङ नेपाललाई उक्त जरीविना तिराएको हो ।

    पुतलीसडकमा उक्त कम्पनीमा अनुगमनका क्रममा अखाद्य पदार्थ भेटिएको थियो । सो वितरकबाट गुणस्तरहीन सामान बिक्री भइरहेको र बोतलमा हुने खाद्यान्न राम्रोसँग सिलबन्दी नभएको अनुगमनका क्रममा देखिएको महानगरले जनाएको छ ।

    image 85

    प्रतिक्रिया दिनुहोस्
    images
    images