images
images
  • सन्दीपविरुद्धको मुद्दा न्यायाधीश पण्डितको इजलासमा

    काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाईका लागि आज पेशी तोकिएको छ ।

    आज (आईतबार) सुनुवाईका लागि उक्त मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको छ ।

    काठमाडौं जिल्ला अदालतमा जारी मुद्दामा आइतबार अन्तिम सुनुवाइ दाबी गरिएको । न्यायाधीश पण्डित रहेका इजलास नम्बर १५ मा लामिछानेको मुद्दा पेसीमा चढेको छ भने उनको मुद्दा पेसी सूचीको पाँचौँ नम्बरमा परेको छ ।

    सन्दीपले सफाइ पाएको अवस्था वा मुद्दाको टुङ्गो नलागेमा आज राति नै एसिया कप खेल्न पाकिस्तान जाने तयारीमा छन्।

    नाबालिग बलात्कार आरोप लागेका सन्दीपविरुद्ध परेको रिटको सुनुवाइ भदौ १ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा परेको थियो । उक्त दिन खतिवडाको इजलासले ‘गौशाला २६’ की आमाको जन्ममिति प्रमाणीकरण गरेर पेश गर्न आदेश दिएको थियो ।

    आमाको जन्ममिति दुईवटा आएर विवाद देखिएको भन्दै न्यायाधीश खतिवडाको इजलासले जन्ममिति प्रमाणीकरणपछि मात्र फैसला बहस हुने भनेको थियो । अहिले सबै कागजातहरु अदालतमा पुगिसकेकोले सन्दीपविरुद्धको अन्तिम बहस आजलाई तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images