images
images
  • सारुकका पिता सानु ताम्राकारको निधन

    काठमाडौं – केही समयअघि छोरा गुमाएका वरिष्ठ कलाकार सानु ताम्राकारको उपचारको क्रममा निधन भएको छ । पुत्र वियोगले मर्माहत भएका सानुको नर्भिक अस्पतालमा उपचार भइरहेको थियो। उपचारकै क्रममा शनिबार ३.२० मा उनको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले पुष्टि गरेका छन् ।

    गत असार २१ गते सानुका एक मात्र छोरा सारुक ताम्राकारले आत्महत्या गरेका थिए। यसको १५ दिनपछि मृगौलामा देखिएको समस्याको उपचारका लागि भन्दै सानु नर्भिक भर्ना भएका थिए। डायलासिसकै क्रममा मृत्यु भएको प्रारम्भिक जानकारी पाएको मोहन निरौलाले बताएका छन् ।

    कलाकार संघका कार्यवाहक अध्यक्षसमेत रहेका सानु ताम्राकार कलाकारिताबाहेक पुरानो समयमा जादुगर पनि थिए । उनले यही क्रममा विश्वका धेरै देश भ्रमण गरेका थिए । उनले तीन दर्जन बढी चलचित्रमा चरित्र अभिनेताको रुपमा अभिनय गरेका छन् । उनका रुकमणि ताम्राकार नामकी श्रीमती छन् । सानुले आफ्नो र श्रीमतीको सुरुका अक्षर मिलाएर छोराको नाम सारुक राखेका थिए ।

    उनले ‘जीवन रेखा, बदलिदो आकाश, निरमोही, जुन तारा, सुरक्षा, रगत, ज्वालामुखी, जीवन मृत्यु, मन मनै मन पराए, अभियान, पल, ग्याम्लर, भूँइमान्छे,  लगायतका फिल्ममा काम गरेका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images