images
images
  • धरानमा जान नपाएपछि इटहरीमै हिन्दु संगठनहरुको प्रदर्शन

    काठमाडाैं – ​हिन्दुवादी विभिन्न संगठनहरूले सुनसरीको इटहरीमा धार्मिक र्‍याली निकालेका छन्। जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेकाे निषेधाज्ञाका कारण धरानमा आयोजना गर्ने भनिएको शान्ति र सद्भाव र्यालीमा सहभागी हुन नपाएपछि उनीहरूले इटहरीमै र्‍याली निकालेका हुन्।

    इटहरीमा उनीहरूले गणतन्त्र तथा वर्तमान सरकारविरुद्ध नाराबाजी गरेका छन्। धरानमा आज राति १२ बजेसम्मको लागि निषेधाज्ञा जारी छ। धरान प्रवेश गर्ने नाकाहरूमा कडा सुरक्षा व्यवस्था गरिएकाे छ। बाक्लोरूपमा प्रहरी परिचालन गरिएको प्रशासनले जनाएको छ।

    धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै केही हिन्दू समर्थकले शनिबार प्रदर्शनको आह्वान गरेका थिए। उनीहरूले र्‍याली गरिरहेको समयमा अर्को पक्षले पनि कुनै गतिविधि गरे सामाजिक सद्भाव खल्बलिन सक्ने जोखिमलाई मध्येनजर गर्दै प्रशासनले निधेधाज्ञा जारी गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images