images
images
  • बागमतीमा गरियो ‘महाजलयात्रा’

    काठमाडौं। बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउन नदी महोत्सव तथा महाजलयात्रा गरिएको छ ।

    नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्ड्स क्लब कुपण्डोलको आयोजनामा गत वर्ष जस्तै यस वर्ष पनि शनिवार नदी महोत्सव तथा महाजलयात्राको आयोजना गरिएको हो ।

    बागमती नदी सभ्यताको पहिचान, संरक्षण र संवर्धनका साथै र्‍याफ्टिङ तथा जल पर्यटन उजागर गर्न र नदी महोत्सव तथा महाजल यात्राको आयोजना गरिएको बताइएकाे छ।

    ललितपुरको कुपण्डोल स्थित बागमती पुलबाट १५ वटा डुङ्गामार्फत महाजलयात्रा गरिएको थियाे।

    नदी सभ्यता संरक्षणका लागि जनचेतना जगाउने उद्देश्यले सन् २००१ देखि हरेक वर्ष बागमती नदीमा महाजलयात्रा हुँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images