धरान– जिल्ला प्रशासन कार्यालय सुनसरीले शनिबार राती १२ बजेसम्म निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको बैठकपछि प्रशासन कार्यालयले धरानमा हुन सक्ने सद्भाव खलबलिने पाटोलाई रोक्न सभा, सम्मेलन, राजनीतिक सभा सबै नगर्नका लागि आह्वान गरेको छ।
मन्दिर अगाडिको चर्च बनाएको र गोरु काटेर खाएको विषयको विवाद उत्कर्षकमा पुग्दै सद्भाव खलबलिन सक्ने अवस्थालाई नियन्त्रणमा राख्न प्रशासनले संक्रामक रोग फैलने विषयलाई कानुनी आधार बनाएर निषेधाज्ञा जारी गरेको हो।
धरानमा अहिले डेङ्गीको संक्रमण पनि व्यापक छ।

प्रतिक्रिया दिनुहोस्






















