images
images
  • भारतको पुणेमा रहेको एक केमिकल कारखानामा आगलागी , १८ जनाको ज्यान गयो

    काठमाण्डौ। भारतको महाराष्ट्र राज्यको पुणे सहरमा रहेको एउटा केमिकल कारखानामा आगलागी हुँदा कम्तीमा १८ जना मजदुरको ज्यान गएको छ ।

    हिजो बेलुकी भएको आगलागीमा अझै केही कामदार हराइरहेका बीबीसीले जनाएको छ । आगलागी सुरु हुँदा कारखानामा ३७ मजदुर काम गरिरहेका थिए ।

    हराएका मजदुरहरुको खोजी भइरहेको भारतको फायर ब्रिगेड विभागलाई उदृत गर्दै बीबीसीले जनाएको छ । आगलागीको कारण अझै थाहा हुन सकेको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images