images
images
  • विश्वखवरको प्रबन्ध निर्देशकमा सरोज केसी

    काठमाडौं–विश्व खवर मिडियाबाट संचालित विश्वखवर डट कमको प्रबन्ध निर्देशकमा सरोज केसी नियुक्त भएका छन् ।

    आईतवार विश्व खवर मिडिया प्रा.लि.को संचालक समितिको बैठकले केसीलाई निर्देशक पदमा नियुक्त गरेको हो । दोलखाको बैतेश्वर–३ खानीगाउँ स्थायी घर भएका केसी दक्षिण कोरियामा लामो समय विताएका थिए ।

    निर्देशक नियुक्त भएसँगै केसीले विश्व खवरलाई थप उचाईमा पुग्नेमा आफू पूर्ण रुपले लाग्ने विश्वास व्यक्त गरे । सत्य, तथ्य र निष्पक्ष सूचना आम–जनतामा पूर्याउन विश्वखबर लागिपर्ने उनले धारणा व्यक्त गरे ।

    प्रबन्ध निर्देशक नियुक्त भएका केसी लामो समयदेखी सामाजिक सेवामा लागि रहेका छन्।विजय खड्काले प्रबन्ध निर्देशकबाट राजिना गरेसंगै रित्त रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images