images
images
  • ललितानिवास प्रकरणः सीआईबीले सरकारी वकिल कार्यालयमा बुझायो प्रतिवेदन

    काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

    मंगलबार सीआईबी टोलीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको हो ।

    प्रतिवेदन सोमबार नै बुझाउने तयारी गरिएको थियो । तर, ‘अन्तिम समय’मा पूर्वमन्त्रीहरू चन्द्रदेव जोशी, विजयकुमार गच्छदार र सञ्जय साहको बयान लिँदा ढिलाइ भएको बताइएको छ । आइतबार साँझ सीआईबी टोलीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र सोमबार बिहान अर्का पूर्वप्रधानमन्त्री मावधकुमार नेपालको ‘बयान’ लिएको थियो ।

    गएको असार १२ गतेदेखि सीआईबीले संगठित किर्ते मुद्दामा अनुसन्धान थालेको थियो । ५६औँ दिनमा अनुसन्धान सकाएर सीआईबीले प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images