images
images
  • डेंगी रोग फैलन नदिन नेपालमै पहिलोपटक वायो लार्भिसिद छर्कदै

    काठमाडौं । काठमाडौ महानगरपालीकाले डेंगी रोग फैलन नदिन काठमाण्डौमा लाम्खुट्टेको लार्भा नस्ट गर्न नेपालमै पहिलो पटक वायो लार्भिसिद ( bio larvicide ) छर्कने भएको छ ।

    काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेन शाहले सामाजिक सञ्जालमा यस्तो लेखेका छन् …

    काठमाडौ महानगरपालीकाले डेंगी रोग फैलन नदिन काठमाण्डौमा लाम्खुट्टेको लार्भा नस्ट गर्न नेपालमै पहिलो पटक वायो लार्भिसिद ( bio larvicide ) छर्कदैछ । यो औषधि जैविक हो । यसले लामखुट्टे र त्यसका लार्भालाईबाहेक कसैलाई पनि हानी गर्दैन । यो विषादि होइन । औषधिलाई पानीको माथिलो भागमा छर्कनु पर्दछ । यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ । यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ । यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्छ । औषधिले डेंगीसहित, फिलारिया, औलो (मलेरिया), चिकन्नीयाजस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट हुनेछ ।

    यससँगै डेङ्गी रोगको बारेमा परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० बाट २४ सै घण्टा सञ्चालनमा छ । अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ । स्वास्थ्य प्रवर्धन केन्द्रहरुमा डेंगी रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जल लगायत आवश्यक औषधिको वितरणको व्यवस्था मिलाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images