कठमाडौं- प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए।
पक्राउ पर्नेमा टियान मी, वेन टोंग, डिंग सेग्फा र ली नेंगकिया छन्। उनीहरूलाई म्याद थपका लागि बुधबार काठमाडौं जिल्ला अदालतमा लगिएको छ।
योसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या २१ पुगेको छ। जना पक्राउ परिसकेका छन्।
गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार चेकजाँच पास भइ बाहिरिएको सुन राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो।
यसअघि मंगलबार साँझ विमानस्थलबाट चारजना चिनियाँ नागरिक पक्राउ परेका थिए।
हङहङबाट ’ब्रेक सु’ को नाममा भित्रिएको तस्करीको सुन १०० किलो बढी भएको बताइएको थियो। तर ’ब्रेक सु’ बाट छुट्याएर पगाल्दा सुनको तौल ६० किलो ७१६ ग्राम मात्रै भएको हो।
पक्राउ परेका २१ जनाविरुद्ध संगठित अपराध र राजस्व छलीको कसुरमा अनुसन्धान भइरहेको छ। सुन तस्करी प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।























