काठमाडौं- चितवनको भरतपुर महानगरपालिका ९ स्थित टिकौली जङ्गलमा भयानक सवारी दुर्घटना भएको छ।
सो जंगलमा आज बिहान साढे ११ बजे भरतपुरबाट टाँडी तर्फ जादै गरेको अक्सफोड कलेजको बस र बिपरित दिशाबाट आउदै गरेका ७ सवारी साधन एकआपसमा ठोक्किएका थिए।
महेन्द्र राजमार्गअन्तर्गत पर्ने उक्त सडकखण्डमा अक्स्फोर्ड कलेजको बस, शव बोकेको गाडी, स्कुटर, बलोरो र मोटरसाइकलहरु एक-आपसमा ठोक्किँदा १८ जना घाइते भएका छन्।
घाइतेको उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी नै छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घटनास्थलमा प्रहरी पुगेर उद्धार कार्य जारी रहेकाले विस्तृत विवरण आउन बाँकी नै छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















