images
images
  • सुन तस्करी प्रकरण: व्यापारी राकेशकुमार अडुकियाका छोरा रोहन विमानस्थलबाट पक्राउ

    कठमााडौं- सय किलो सुन तस्करी प्रकरणका नाईके मानिएका व्यापारी राकेशकुमार अडुकियाका छोरा रोहन अडुकिया पक्राउ परेका छन् ।

    भारतबाट फर्किने क्रममा ३० वर्षीय रोहनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार पक्राउ गरेको हो।

    उनी दिल्लीबाट एडिक एयरमार्फत दिउँसो १ बजे विमानस्थल आइपुगेका थिए। लगत्तै प्रहरीले पक्राउ गरेर उनलाई राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको छ।

    विवादास्पद व्यापारी अडुकियाले विगतदेखि नै हङकङमा कार्यालय खोलेर चाँदीको व्यापार गर्दै आएका थिए।

    अवैध सय किलो सुन प्रकरणमा कमलपोखरीस्थित उनको घरमा राजस्वले छापा समेत मारेको थियो ।

    गत साउन ३ गते हङकङ हुँदै नेपाल भित्रिएको १०० केजी सुन प्रकरणमा भरिया र व्यापारीहरु पक्राउ पर्ने क्रम जारी छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images