काठमाडौं- काठमाडौँ महानगरपालिकाले बुढानीलकण्ठ र काठमाडौँ महानगरको सीमा क्षेत्रमा सात तले कपन क्षेत्रको खोलामाथि डोजर चलाएपछि नगर प्रहरीको टोली र बूढानीलकण्ठ नगरपालिका–१० का वडाअध्यक्षसहितको समूहबीच विवाद भएको छ । विवाद भएको छ ।
खोलामाथि राखेको स्ल्याब हटाउन काठमाडौँ महानगरले डोजर चलाएपछि वडाध्यक्ष नवराज भट्टराई नेतृत्वको समूह र काठमाडौंका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोलीबीच विवाद भएको हो ।
ढानीलकण्ठको साततलेमा कपन खोलामाथि बनाइको संरचना भत्काउन डोजरसहित पुगेपछि पाण्डेसहितको टोलीलाई वडाध्यक्ष भट्टराइले रोकेपछि विवाद भएको हो ।
दुवै पक्षबीचको विवाद घम्साघम्कीको अवस्थामा पुगेपछि प्रहरीको समन्वयमा अहिले छलफल भइरहेको छ ।
काठमाडौं महानगरपालिकाले कुनै जानकारी नदिई एकाएक साततलेमा डोजर लगेपछि बुढानिलकण्ठ नगरपालिकाका जनप्रतिनिधिलाई स्थानीयले गुहारेका थिए । घटनास्थलमा मेयर मिठाराम अधिकारी,उपमेयर अनिता लामा र वडा नम्बर १० का वडाध्यक्ष नवराज भट्टराई पुगेका थिए ।
डोजर रोक्ने क्रममा वडाध्यक्ष तथा बुढानिलकण्ठका प्रवक्ता नवराज भट्टराईमाथि महानगर प्रहरीले लछारपछार समेत गरेका थिए । त्यसपछि नेपाल प्रहरीको टोलीले डोजरको चाबी खोसेर काठमाडौं महानगरपालिका ७ का वडाध्यक्ष बिमल होडा र बुनपाका जनप्रतिनिधिबीच वार्ता भएको छ ।
बुढानिलकण्ठका प्रवक्ता भट्टराईले समन्वय गरौं भनेर आग्रह गर्दा आफूहरुमाथि हातपात गरिएको बताए ।
यो गगन थापाको निर्वाचन क्षेत्र हो । केही दिन अघि काठमाडौं महानगरपालिकाले सामाखुसी खोला खुला गरेको थियो । गत वर्ष कपन खोला को ढलमा खसेर एक बालकले ज्यान गुमाएका थिए ।

























