धनगढी । सुदूरपश्चिममा एमालेले प्रमुख सचेतक परिवर्तन गरेको छ । एमालेले प्रदेशसभा सदस्य दुर्गाकुमारी कामीलाई प्रमुख सचेतक बनाइएको हो । उक्त सूचना प्राप्त प्रदेशसभाका प्रवक्ता सिद्धराज चटौतले जानकारी दिए ।
एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहले यसअघि लालबहादुर खड्कालाई प्रमुख सचेतक बनाएका थिए । उनले जेठ १३ गते प्रमुख सचेतक तारा लामालाई हटाएर खड्कालाई प्रमुख सचेतकको जिम्मेवारी दिएका थिए । खड्का हाल मन्त्री छन् ।
१३ गते नै सचेतकको जिम्मेवारी पाएकी कामीलाई एमालेले अहिले प्रमुख सचेतक बनाएको हो ।
प्रतिक्रिया दिनुहोस्