images
images
  • एनआरएनए मलेसियामा पुन: विनोद थापा निर्वाचित, अन्य पदाधिकारीमा को-को ?

    काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको आठौँ महाधिवेशनबाट एनआरएनए मलेसियाको नेतृत्वमा पुन: विनोद थापा चयन भएका छन् ।

    नवनिर्वाचित कार्यसमितिले शपथ तथा पदभार ग्रहण गरेको छ। निर्वाचन अधिकृत खगेन्द्र न्यौपानेले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको सपथग्रहण गराएका हुन् ।

    अध्यक्षसहित अन्य सवै पदमा निर्विरोध चयन गरिएको न्यौपानेले जानकारी गराए। अध्यक्ष पदमै उम्मेदवारी दिएका राकेश महतोले अन्तिम समयमा थापालाई सहमतिमा समर्थन गरेपछि उनी निर्विरोध अध्यक्ष भएका हुन् ।

    थापा र महतोबीच एक एक वर्ष कार्यकाल बाँड्ने आन्तरिक सहमति बनेको बताइएको छ। महतोलाई अहिले प्रथम उपाध्यक्षको जिम्मेवारी दिइएको छ। मलेसियाबाट आइसीसी सदस्यमा शेर बहादुर गुरुङ, सन्तोष कार्की,सन्तोष रिजाल,मिरा पुरी गिरीलाई पठाइएको छ ।

    यसैगरी, उपाध्यक्षहरुमा हेमराज सापकोटा, रंजित कुमार क्षेत्री, अरुण गिरी र दिल कुमार केरुङ चयन भएका छन्। युवा उपाध्यक्षको जिम्मेवारी नारायण अधिकारीलाई दिइएको छ भने लिला मगरलाई महिला उपाध्यक्ष बनाइएको छ।

    महासचिव टेक बहादुर अधिकारी चयन भएका छन्। यस्तै, सचिवमा श्याम बहादुर श्रेष्ठ र विशु प्रसाद बराल चुनिएका छन । त्यस्तै, कोषाध्यक्षमा बाल ध्वज लिम्बू, सहकोषाध्यक्षमा विमल राना, युवा संयोजकमा राजु लामा र महिला संयोजकमा ईन्दु बस्नेत चयन भएका छन । कार्यसमिति सदस्यहरुमा विष्णु चौधरी, राजु कुमार श्रेष्ठ, भेशराज ज्ञवाली (हर), खेम राज खत्री र विजय मण्डल निर्वाचित भएका छन्।

    महाधिवेशनको उद्घाटन मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज अधिकारी र एनआरएनए पदाधिकारीले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images