images
images
  • सातवटै प्रदेशमा बिहानैदेखि वर्षा, काठमाडौंमा दिउँसोसम्मै वर्षा हुने

    काठमाडौं– काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा अहिले वर्षा भइरहेको छ । केही स्थानमा भारी वर्षा समेत भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    पछिल्लो एक घण्टामा दाङ, बर्दियालगायत जिल्लामा भारी वर्षा मापन गरिएको महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए ।

    आज दिउँसो कोसी प्रदेश, मधेस प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको उनले बताए ।

    अहिले ठूलो पानी परिरहेको स्थानमा अपराह्नपछि केही कम हुने उनको भनाइ छ ।

    काठमाडौंमा अहिले हल्का वर्षा भइरहेको उनले जानकारी दिए । उनका अनुसार काठमाडौंमा आज भारी वर्षाको सम्भावना छैन ।

    आज काठमाडौंमा दिउँसो २–३ बजेसम्म पानी पर्ने क्रम जारी रहने उनले बताए ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images