images
images
  • केहि क्षेत्रमा भारी वर्षा, आकस्मिक बाढी र पहिरोको जोखिम

    काठमाडौं– पछिल्लो तीन घण्टा ११ जिल्लामा भारी वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो तीन घण्टामा मकवानपुर, चितवन, तनहुँ, नवलपरासी, पाल्पा, रूपन्देही, कपिलवस्तु, दाङ, प्यूठान, बर्दिया र कैलालीमा भारी वर्षा मापन गरिएको हो ।

    ११ जिल्लामध्ये नवलपरासी, पाल्पा र प्यूठानमा राजमार्ग अवरुद्ध हुनसक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

    यी जिल्लाका साना खहरेखोलामा आकस्मिक बाढी र कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको छ ।

    महाशाखाल यी क्षेत्र भई यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images