images
images
  • सुन तस्करी प्रकरण: विमानस्थल भन्सारका ३ कर्मचारी र ३ एजेन्ट पक्राउ

    काठमाडौं-  करिब सय किलो सुन तस्करी प्रकरणमा ६ जनालाई राजश्व अनुसन्धान विभागले पक्राउ गरेका छ ।

    विभागले भन्सार अधिकृतसहित ३ कर्मचारी र ३ जना एजेन्टलाई पक्राउ गरेको स्रोतले जानकारी दिएको छ ।

    पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, कुमार ढकाल र सरोज श्रेष्ठ कर्मचारी हुन् भने भन्सार एजेन्टहरु रुक्मिला सुब्बा, सुदर्शन गौतम र यादव पराजुली पक्राउ परेका स्रोतले जानकारी दियो ।

    राजस्व अनुसन्धान विभागको विशेष टोलीले आइतबार उनीहरूलाई पक्राउ गरिएको हो । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ जना पुगेको छ ।

    गत मंगलबार हङकङबाट आएको क्याथे प्यासिफिक एयरमार्फत १०० केजी सुन स्कुटरको ‘ब्रेक शू’ मा लुकाएर काठमाडौं ल्याइएको थियो । सो सुन भन्सार प्रणाालीबाट सहजै पास भएर बाहिरिन लाग्दा विभागको टोलीले बरामद गरेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images