images
images
  • सय केजी सुन तस्करी प्रकरण: भाग्न लागेका चिनियाँ नागरिक विमास्थलबाटैं पक्राउ

    काठमाडौं-  बुधबार राति विमानस्थल कार्कोबाट बरामद भएको अवैध एक सय किलो बढी सुनका मालिकालाई पक्राउ गरिएको छ।

    पक्राउ पर्नेमा चिनियाँ नागरिक लिङ चुवान रहेको स्रोतले जानकारी दियो । उनी नेपाल छोडेर जाने तयारीमा रहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।
    उनीसँगै चितवनका अशोक लामा पनि पक्राउ परेका छन् ।

    यसअघि मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन बुधबार भन्सार जाँच पास गरेर बाहिरिसकेको अवस्थामा सिनामंगलबाट राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

    त्यो सुन तस्करी प्रकरणमा उनीहरुको संलग्नता रहेको राजश्व अनुसन्धान विभागको दाबी छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images