images
images
  • विवाहको प्रलोभन देखाएर बलात्कार गर्ने डाक्टर पक्राउ

    काठमाडौं- बलात्कार आरोपमा एक चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कोल्बीका ३६ वर्षीय चन्द्र भूषण चौधरी रहेका छन् ।

    विवाह गर्ने प्रलोभन देखाएर धोका दिएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    आरोपी चौधरीले जाहेरवालासँग प्रेममा रहेको कुरा स्वीकार गरे पनि परिवारले विवाह गर्न नमानेका कारण आफू टाढिनु परेको बयान दिएका छन्।

    परिवारले विवाहका लागि केटी खोज्न थालेपछि आफूविरुद्ध जाहेरी परेको उनले अनुसन्धानका क्रममा बताएका छन्। यसबारे थप अनसन्धान भइरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images