images
images
  • नयाँ आर्थिक वर्षको पहिलो दिन ४७ अङ्कले बढ्यो नेप्से, लगानीकर्ता उत्साहित

    काठमाडौं- चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ ।

    ४७.०७ अंकले बढेको बजार २१४४.१६ विन्दुमा उक्लियो । यो २.२४ प्रतिशतको वृद्धि हो । म्युचुअल फण्डबाहेक सोमबार सबै उपसूचकहरु हरियो देखिए ।

    यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.९५ अङ्कले उकालो लागेर ४०४.१० पुगेको छ।कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १२ उपसमूहको शेयर मूल्य वृद्धि भएको छ भने एक उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ।

    कूल ७६ लाख ३४ हजार १ सय ९० कित्ता शेयर २ अर्ब ५६ करोड १ लाख ९१ हजार दुई सय ८८ मा कारोबार भएको छ।

    बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउनु तथा नयाँ आर्थिक वर्षको प्रभावस्वरुप बजारमा सकारात्मक प्रभाव पर्न गएका हो।

    नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ। सो कम्पनीको १४ करोड ८६ लाख १९ हजार चार सय ५५ बराबरको कारोबार भएको छ।

    यस्तै हिमालयन लाइफ इन्स्योरेन्स १० करोड ८४ लाख ६४ हजार आठ सय ९९,साइन रेसुङ्गा डेभलपमेन्ट बैंक सात करोड ७५ लाख १३ हजार छ सय ७२,सोल्टी होटल ७ करोड ७३ लाख ३२ हजार दुई सय ४८ र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ५ करोड ११ लाख ७६ हजार एक सय ६३ बराबरको कारोबार भई शीर्ष ५ भित्र पर्न सफल भएका छन्।

    नेप्सेका अनुसार बिपिडब्ल्यू लघुवित्त र युनाइटेड अजोड इन्स्योरेन्सको शेयर मूल्यमा दस प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। अभियान लघुवित्त नौ दशमलब ८७, सिर्जनशील लघुवित्त सात दशमलब ८० र मल्टिप्रर्पोज लघुवित्तका लगानीकर्ताले ७.३२ प्रतिशतले कमाएका छन्।

    यस्तै कुमारी धनवृद्धि योजना ८.३७, सानीमा ग्रोथ फण्ड ७.५१, सानीमा लार्ज क्याप फण्ड ६.२८, बैंक अफ काठमाडौँको ऋणपत्र ५.८६ र मेगा म्युचुअल फण्डमा पहिलोका लगानीकर्ताले ४.६३ प्रतिशतले गुमाएका छन्।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images