images
images
  • देशभर हावाहुरीसहित भारी वर्षा, सतर्कता अपनाउन महाशाखाको अनुरोध

    काठमाडौं- नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही देशका बाँकी भू भागमा आंशिक बदली रहेको छ। मधेश प्रदेश बाहेकका अन्य सबै प्रदेशहरूका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको आइतबार बिहान जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

    आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख छ। मधेश प्रदेशलगायत कोशी प्रदेशका तराई भू भागका थोरै स्थानमा हावा हुरीको सम्भावना रहेको छ।

    राती सबै प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। हावाहुरी, भारी वर्षा, मेघ गर्जन र चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images