images
images
  • भरतपुर महानगरलाई स्विजरल्याण्डको प्रतिष्ठित ‘स्विस टुरिज्म अवार्ड’

    भरतपुर-भरतपुर महानगरपालिकाले स्विजरल्याण्डको विश्व प्रतिष्ठित स्विस टुरिज्म अवार्ड २०२३ पाउने भएको छ । उक्त अवार्डको डेस्टिनेशन अफ एक्सिलेन्स अर्थात् उत्कृष्ट गन्तव्यको विधामा भरतपुर महानगर पुरस्कृत हुने भएको हो ।

    पर्यटन पुर्वाधार, व्यवस्थापन र सांस्कृतिक सम्पदाको लागि भरतपुर महानगरलाई विश्वका शहरहरु मध्येबाट उत्कृष्ट शहरका रुपमा छनौट गरिएको हो। अवार्ड लिनको लागि भरतपुर महानगर प्रमुख रेनु दाहाललाई निमन्त्रणा पनि गरिएको छ ।

    पुरस्कार प्रदान गर्ने कार्यक्रम आगामी नोभेम्बर ३ देखि ५ तारिखसम्म स्विजरल्याण्डमा आयोजना हुँदै छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images