images
images
  • सेयर बजारमा हरियाली, २८.३८ अंकले बढ्यो नेप्से

    काठमाडौं- साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ। नेप्से परिसूचक २८.३८ अंकले बढेर २०७७.७६ विन्दुमा पुगेको हो।

    आज २८७ कम्पनीको ८३ लाख ५२ हजार ५७६ कित्ता सेयर ३ अर्ब ४२ करोड ५ लाख ४३ हजार ९६१ रुपैयाँमा खरिदबिक्री भयो। दोहोरो अंकले उकालो लागेको बजारमा एउटा मात्रै कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

    रावा इनर्जी डेभलपमेन्टको सेयर मूल्य ९.९८ प्रतिशतले बढ्यो। यस्तै सिटी होटलको सेयर मूल्य ९.५१ प्रतिशतले बढ्यो। १८ करोड ६० लाख मूल्यको सेयर कारोबार गरी हिमालयन लाइफ इन्स्योरेन्स शीर्षस्थानमा रह्यो।

    शिवम् सिमेन्ट १६ करोड र सोल्टी होटल १४ करोड बढि मूल्यको सेयर कारोबार गरी क्रमश दोस्रो र तेस्रो स्थानमा रहे। यसदिन १६८ कम्पनीको मूल्य बढ्यो भने ५० को घट्यो। ६ कम्पनीको मूल्य भने स्थिर रह्यो।

    कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएका छन्। होटल एन्ड टुरिजम र ट्रेडिङ उपसमूहको सूचक ४ प्रतिशत बढिले बढ्यो।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images