काठमाडौं- लगातार ३ दिनसम्म घटेको सेयर बजारमा चौथो दिए आएर दोहोरो अंकको वृद्धि भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से १२.७३ अंक (०.६१ प्रतिशत) ले वृद्धि हुँदा २०८८.७० को विन्दुमा रोकिएको छ ।
गत साता लगातर बढेर बुधबार करिब ७ महिना यताकै उच्च विन्दु २१८६.३६ अंकसम्म पुगेको नेप्से बुधबारसहित यो सातको आइतबार र सोमबार लगातार ३ दिन गिरावट हुँदा २०७५.९७ अंकसम्म झरेको थियो ।
तर, मंगलबार पुनः नेप्सेमा वृद्धि भएको हो । मंगलबार नेप्सेसँगै सबै उपसूचकमा वृद्धि भएको छ । जसमध्ये होटल तथा पर्यटन उपसूचक सर्वाधिक २.३६ प्रतिशतले वृद्धि भएको हो ।
यस दिन दुई अर्ब ५७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । म्युचुअल फन्ड, ऋणपत्रलगायत २८२ धितोपत्रको ६४ लाख ५० हजार ९३४ कित्ता खरिद–बिक्री भएको छ ।
कारोबारमा आएका १३ वटै समूहगत परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि होटेल तथा पर्यटन समूहको भएको छ । यो समूहको परिसूचक २.३६ प्रतिशतले वृद्धि भएको छ ।
सिटी होटेलको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । यो होटेलको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता ५५९ रुपैयाँ ७० पैसा कायम भएको छ ।
नागरिक लगानी कोषको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीको १२ करोड १७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।


विश्व खबर 

















