images
images
  • थ्री स्टार हाइड्रोको ‘आइपिओ’ बाँडफाँड, कसरी हेर्न सकिन्छ ?

    काठमाडौं- थ्री स्टार हाइड्रोपावर कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ आज बाँडफाँड भएको छ । बिक्री प्रबन्धक हिमालयन क्यापिटलले आज सोमबार शेयर बाँडफाँड गरेको हो।

    क्यापिटलका अनुसार आईपिओमा कुल १० लाख २४ हजार ४६ जनाको आवेदन परेकोमा १० लाख २१ हजार १ सय ९८ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ। योग्य आवेदकलाई गोलाप्रथामा समावेश गरेर शेयर बाँडफाँड गरिएको छ ।

    जस अनुसार कुल ६१ हजार ३ सय १६ जनाले शेयर पाएका छन् । यी मध्ये २ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकी ६१ हजार ३ सय १४ जनाले १० कित्ता शेयर पाएका छन् ।

    कम्पनीले असार ५ गतेदेखि असार ८ गतेसम्म सर्वसाधारणलाई ६ लाख १३ हजार १ सय ६२ कित्ता शेयर बिक्री खुला गरेको थियो । कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, र सामुहिक लगानी कोष योजनाहरुलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

    कम्पनीले खोटाङ जिल्लाको सपसुप खोलामा ६.६ मेगावाटको सपसुप खोला स्मल हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरि २०७८ पुस २३ गतेबाट व्यापरिक उत्पादन गरिरहेको छ।

    यसरी हेर्न सकिन्छ

    आईपिओको नतिजा विभिन्न ३ तरिकाबाट न्रिजा हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक हिमालयन क्यापिटलको वेबसाइट  https://himalayancapital.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ । ।

    मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images