images
images
  • सप्तकोशी बैंकका पूर्व-सीइओ सुवेदीविरुद्ध सम्पति शुद्धीकरणको मुद्दा

    काठमाडौं – सम्पति शुद्दीकरण अनुसन्धान विभागले सप्तकोशी डेभलपमेन्ट बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत नविन सुवेदी विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

    सम्पत्ति शुद्धीकरणको कसूर गरेकोले उनी विरुद्द १ करोड १८ लाख ७७ हजार ७ सय रुपैया ६५ पैसा बिगो मागदाबी गर्दै आज मुद्दा गरिएको हो ।

    विभागले उनको छोराछोरीको नाममा रहेको सम्पति समेत जफत गर्न माग गरेको छ ।

    सुवेदीले सम्पत्ति लुकाउन प्रयोग गरेका हरिकुमारी सुवेदी एवं वविता पोखरेल सुवेदी समेतलाई शुद्धीकरण गरिएको सम्पत्ति जफत प्रयोजनार्थ प्रतिवादी कायम गरी मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

    विभागका अनुसार २०७२ मा नै सुवेदीमाथि आवश्यक कागजात समेत नराखी फर्जि कारोवार गरी बैंकलाई १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ हानी नोक्सानी पुर्याएको बैंकिङ कसूरमा अनुसन्धान तथा कारवाहीको लागि उजुरी परेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images