images
images
  • कर्मचारीका छोराछोरीका लागि पौने १८ करोड भुक्तानी गर्ने

    काठमाडौं- निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्तिका लागि रकम भुक्तानी गर्ने निर्णय भएको छ ।

    व्यवस्थापन समितिको सोमवार(आज) बसेको बैठकले छ सय ८७ जना सन्तति विद्यार्थीका लागि १७ करोड, ८१ लख ८६ हजार ५८९ रकम भुक्तानी गर्ने निर्णय गरेको हो ।

    समितिले चिकित्सा शास्त्र १४४, स्वास्थ्य विज्ञान २९, आयुर्वेद १, इन्जिनियरिङ २२९, वन विज्ञान ५, कृषि विज्ञान ३६, विज्ञान १२, कानुन ४५, व्यवस्थापन ११९, शिक्षा ४, मानविकी ११ र सूचना प्रविधि ५२ जना गरी ६८७ जना विद्यार्थीका लागि सम्बन्धित अभिभावक कर्मचारीको बैंक खातामा पैशा पठाउने निर्णय गरेको हो ।

    निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउनेसम्बन्धी निर्देशिका, २०७८ अनुसार गत वैशाख १५ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको सचिवालयले आवेदन आह्वान गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images