काठमाडौं- साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक भारी अंकले घटेको छ।
नेप्से परिसूचक ५३.७० अंकले घटेर २०९७.२९ विन्दुमा पुगेको हो। सेन्सेटिभ इन्डेक्स १२.२३ अंकले घटेको छ।
आज २८६ कम्पनीको १ करोड १३ लाख २३ हजार १८३ कित्ता सेयर ५ अर्ब ८ करोड १९ लाख ७६ हजार १७९ रुपैयाँमा खरिदबिक्री भयो।
२०७ कम्पनीको मूल्य घट्दा १८ को मात्रै बढ्यो । बजारका सबै उपसमूह घटेका छन् । बैंकिङ २९, विकास बैंक १३६, फाइनान्स ३८, होटल तथा पर्यटन १५४, जलविद्युत् ७९, जीवन बीमा १५१, उत्पादन १२९, माइक्रोफाइनान्स १९८, निर्जीवन बीमा ११३, अन्य ३७ र ब्यापार उपसमूह ६० अंक घटे ।
दुई कम्पनी बीपीडब्लु लघुवित्त र सिटी होटलको मूल्य १० प्रतिशत बढ्यो ।
कारोबार रकमका आधारमा हिमालयन लाइफ इन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ४२ करोड ५६ लाख ५४ हजार ७०७ रुपैयाँको सेयर कारोबार भयो।
शिवम् सिमेन्टको २७ करोड र साल्टी होटलको २० करोड मूल्य बराबरको सेयर कारोबार भयो। कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन्।
माइक्रोफाइनान्सको सूचक ४.७५ प्रतिशतले ओरालो लाग्यो।


विश्व खबर 

















