काठमाडौं- साताको पहिलो दिन सुनको मूल्य तोलामा ५ सय बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलाको १ लाख १० हजार १ सय रुपैयाँ निर्धारण भएको छ।
शुक्रवार सुन तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदी तोलामा १० रुपैयाँले बढेको छ। आइतबार कारोबार मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ भएको छ।
अघिल्लो दिनका तुलनामा १० रुपैयाँ घट्दा शुक्रबार प्रतितोला १३ सय ६० रुपैयाँ थियो।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 

















