काठमाडौं- रौतहटको मौलापुर नगरपालिकामा गतएराति आमा छोरी मृत अवस्थामा फेला परेका छन् ।
आमा र छोरीको रहस्यमय मृत्युका सम्बन्धमा रौतहट प्रहरीले अनुसन्धान गरिरहेको छ ।
मौलापुर नगरपालिका-४ पतौरा गाउँकी २४ वर्षीया कविता देवी र उनकी दुई वर्षीया छोरी आरुही शुक्रबार राति घरमै मृतावस्थामा शव फेला परेका हु्न् ।
आरुहीको शव पङ्खामा झुिन्डएको तथा कविताको शव घरबाट बाहिरिने सिँढीमुनि फेला परेको प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक उमाशंकरप्रसाद यादवले बताए ।
उनका अनुसार मृतक कविताका पति धिरेन्द्र साह र ससुरा नागेन्द्र साह भने घटनापछि फरार छन् । कविताकी सासू र जेठानीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।
घटना पश्चात् कविताको माइती पक्षले दाइजोको निहुँमा भागेका वीरेन्द्रले नै श्रीमती र छोरीको हत्या गरेको माइतीपक्षले आरोप लगाएको छ ।
उनको माइतीघर माधवनारायण नगरपालिका-५ मिठुअवा गाउँ हो । कविताका बुबा विजयशंकर साहले घटना थाहा पाउनसाथ आफू छोरीको घर गएको तर आफूले छोरी र नातिनीको शव हेर्नसमेत धेरै बेरपछि पाएको बताए । उनका अनुसार छोरी र ज्वाइँबीच पटकपटक विवाद हुने गरेको थियो ।
बिहेअघि कबोल गरेको दाइजो आर्थिक अवस्था कमजोर भएको कारण दिन नसकेको भन्दै उनले मोटरसाइकल, पलंग, भैंसी, सुनको सिक्री दिन पटकपटक छोरीमाथि दबाब दिएको बताए।
“बेलाबेलामा कविताले ज्वाइँ धिरेन्द्र साहले नगद, पलङ, सुनको औंठी र सिक्री माग्ने गरेको बताएकी थिइन् । दाइजो नल्याएका कारण छोरी र नातिनीको हत्या गरिएको हो”, साहको आरोप छ ।
हालसम्म घटनाको मुचुल्का तयार गर्ने काम भइरहेको र माइती पक्षले कुनै जाहेरी नदिएको रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर बुढाले बताए ।


विश्व खबर 




















