images
images
  • झ्याप्प-झ्याप्प विद्युत गएपछि कार्यकारी निर्देशक हितेन्द्रदेव निस्किए आकस्मिक निरीक्षणमा

    काठमाडौँ : आज साँझ झ्याप्प झ्याप्प विद्युत गएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भारप्रेषण केन्द्रमा आकस्मिक निरीक्षण गरेका छन्।

    भारतबाट नेपालमा विद्युत ल्याइएको ढल्केबर मुजफरपुर लाइनमा भारततर्फ आएको समस्याले गर्दा विद्युत अवरुद्ध भएको प्राधिकरणले स्पष्ट पारेको छ।

    शाक्यले तत्कालै ढल्केबर ग्रीड महाशाखाका प्रमुख विनोद लोहनीलाई समस्या समाधान गर्न निर्देशन दिएका प्राधिकरणले जनाएको छ।

    शाक्यको सचिवालयले यो प्राविधिक समस्या भएकाले यसलाई लोडसेडिङसँग जोड्न नहुने जनाएको छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images