काठमाडौं– त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा दीपक अर्याल नियुक्त भएका छन् ।
विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उनीलाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको अध्यक्षतामा गठित सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको थियो ।
अर्याल त्रिभुवन विश्वविद्यालयअन्तर्गत जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुखसमेत हुन् ।
यसअघि १५ चैतमा तत्कालीन उपकुलपति प्राडा केशरजंग बरालले राजीनामा दिएसँगै उपकुलपति पद रिक्त भएको थियो ।
शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच यसअघि गभर्नर कांग्रेस र त्रिवि उपकुलपति एमालेले लिने भद्र सहमति भएको स्रोत बतायो ।
सोही अनुसार एमालेले आफ्नो कार्यकर्ता अर्याललाई ओलीले उपकुलपति आर्याललाई नियुक्ति गरेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















